काठमाण्डु – प्रहरीले कञ्चनपुर र कपिलवस्तुबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिका–१० राना दैजीबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८०० मिलिग्रामसहित बेदकोट नगरपालिका–५ झिलमिला बस्ने २७ वर्षीय झलकबहादुर थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी बिट चम्फापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
कपिलवस्तुको मायाँदेवी गाउँपालिका–४ चाकरचौडाबाट नियन्त्रित लागूऔषध स्पास्मो ५६ ट्याब्लेटसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुद्धोधन गाउँपालिका–६ कर्मा बस्ने २५ वर्षीय सुनिल बानिया र १९ वर्षीय धर्मेन्द्र सहानी रहेका छन् ।
इलाका प्रहरी कार्यालय चाकरचौडा कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले चाकरचौडाबाट पकडीतर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया