जेनजी आन्दोलनमा फरार सुन भन्सार चोरी मुद्दाका २ कैदी पक्राउ

जेनजी आन्दोलनमा फरार सुन भन्सार चोरी मुद्दाका २ कैदी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिउ मास्ने–बेच्ने र सुन भन्सार चोरी पैठारी मुद्दामा फरार रहेका २ कैदीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।

दुवै जना जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार भएका थिए ।

जिउ मास्ने–बेच्ने अभियोगमा २२ वर्ष कैद सजाय भोगिरहेकी धादिङको गजुरी–२ की ४४ वर्षीया शान्ति लामा (गीता लामा) लाई सीआईबीले सोमबार ललितपुर महानगर–३ धोबिघाटबाट पक्राउ गरेको छ ।

उनी २०७६ मंसिर १९ गतेदेखि सुन्धारास्थित महिला बन्दीगृहमा कैद सजाय भुक्तान गर्दै आएकी थिइन् ।

सुन भन्सार चोरी पैठारी मुद्दामा १ वर्ष कैद र १ करोड ८ लाख ३९ हजार ७४७ रुपैयाँ ५० पैसा जरिवाना सजाय भोगिरहेका काठमाण्डुको महाराजगञ्जका ३३ वर्षीय मोहन महर्जनलाई आईतबार काठमाण्डु महानगरपालिका–१७ धोबिचौरबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

उनी २०८१ चैत ६ गतेदेखि कारागारमा रहेर सजाय भुक्तान गरिरहेको अवस्थामा फरार भएका थिए । सीआईबीले दुवैजनालाई पुन: कारागार कार्यालय जगन्नाथदेवलमा बुझाएको जनाएको छ ।

प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार ती फरार कैदीहरूको खोजी अनुसन्धानका लागि छुट्टै टोली खटाइएको र पक्राउपछि आवश्यक प्रक्रिया पूरा गरी कारागारमा पेश गरिएको छ ।