इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति मलेसियाबाट पक्राउ

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति मलेसियाबाट पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रौतहट कटहरिया नगरपालिका–१ ठेगाना भएका आकाशप्रसाद कुशवाहा पक्राउ परेका छन् ।

एनसीबी क्वालालम्पुरको समन्वयमा मलेसियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शनिबार नेपाल फिर्ता ल्याइएको छ ।

मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० मंसिर २१ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएर आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।