जबरजस्तीकरणी गरेको अभियोगमा १ जना पक्राउ

जबरजस्तीकरणी गरेको अभियोगमा १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर – ४२ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा ताप्ली गाउँपालिका–४ जतनपुर बस्ने २८ वर्षीय कुल बहादुर मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रूपाटारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।