अवैध लागूऔषधसहित ६ जना पक्राउ

अवैध लागूऔषधसहित ६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवैध लागूऔषधसहित विभिन्न स्थानबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ तरकारी बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ हजार ९६० ट्याब्लेटसहित हेटौंडा उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय सोनम मोक्तानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बा प्र ०३–०० १ ह ०१२६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा लुकाइछिपाई राखेको लागूऔषध फेला पारी अटो चालक सोनमलाई पक्राउ गरेको हो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ अभियान पथबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ एम्पुल, फेनारगन ६ एम्पुल र बुप्रेनोर्फिन ६ एम्पुलसहित २६ वर्षीय सन्देश विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

सिराहाको नरहा गाउँपालिका–३ चौहर्वा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर करीब ६ ग्राम ५० मिलिग्राम र डिजिटल तराजु १ थानसहित सर्लाहीको हरिवन नगरपालिका–१० बस्ने ३२ वर्षीय कृष्ण रिजाल समेत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।