जुवातास खेल्दाखेल्दै २१ जना पक्राउ

जुवातास खेल्दाखेल्दै २१ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले जुवातास खेल्दाखेल्दै २१ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डुको नागार्जुन नगरपालिका–१ रानिवन बुद्धचोक डेरा गरी बस्ने धादिङको रूवी भ्याली गाउँपालिका–६ घर भएकी ४३ वर्षीया धनमाया गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा धनमाया समेत ९ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३७ हजार ५०० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोम बस्ने गणेश शेरचनले संचालन गरेको जोमसोम इन क्याफे एण्ड रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गणेश समेत १२ जनालाई शुक्रबार साँझ प्रहरी टोलीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।