काठमाण्डु – ललितपुरको गोदावरी नगरपालिका–४ बडीखेलमा जुवा र सट्टेबाजी सञ्चालन हुँदै आएको गोप्य जानकारीका आधारमा प्रहरीले छापा मारेर १४ जनालाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले रमेश पहरीले सञ्चालन गरेको होटल तपेश्वर रिसोर्टमा छापा मार्दा नगद पैसामा हारजीत हुने जुवा चलिरहेको पुष्टि भएको हो ।
कानूनी प्रक्रिया पूरा गर्दै गरिएको खानतलासीका क्रममा जुवातास, ४ बुक तास र नगद ४ लाख ६ हजार १६५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई घटनास्थलमै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया