अवैध लागूऔषधसहित ५ जना पक्राउ

अवैध लागूऔषधसहित ५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विभिन्न जिल्लाबाट प्रहरीले अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डुको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर ७ ग्रामसहित जुम्लाको चन्दननाथ नगरपालिका–४ बस्ने २७ वर्षीय दिपेन्द्र कुमार सार्की रम्तेल समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट काठमाण्डुतर्फ आउँदै गरेको लु प्र ००१–००१ ख ०८७९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई लागूपदार्थसहित फेला पारी पक्राउ गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकबाट अवैध लागूऔषध चरेश १० किलोग्रामसहित धोबीनी गाउँपालिका–५ धोबीनी बस्ने ४८ वर्षीय सम्सुल मियाँलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–१६ नौलोबस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १३८ ट्याब्लेट र स्पास्पेन १३८ ट्याब्लेटसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–१६ बस्ने २७ वर्षीय दिलकुमार राई र धरान उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय सागर भुजेल रहेका छन् । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।