देशभर अवैध लागूऔषधको बिगबिगी, विभिन्न स्थानबाट २५ जना पक्राउ

देशभर अवैध लागूऔषधको बिगबिगी, विभिन्न स्थानबाट २५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो समय देशभर अवैध लागूऔषधको बिगबिगी बढ्दै गएको छ । प्रहरीले विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डुको दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट अवैध लागूऔषध गाँजा करीब ९ किलोसहित मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ डटखोला बस्ने ४१ वर्षीय श्याम पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाण्डुतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०६१२ नम्बरको इभी गाडीमा सवार उनलाई गाँजासहित पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–२० बरबोटेबाट अवैध लागूऔषध गाँजा करीब ११ किलो ५०० ग्रामसहित धरान उपमहानगरपालिका–२० बस्ने १९ वर्षीय मौसम राईलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई गाँजासहित पक्राउ गरेको छ ।

सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ मिलिग्रामसहित बराहक्षेत्र नगरपालिका–६ बस्ने २९ वर्षीय सुजन दाहाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बसडिलवाबाट अवैध लागूऔषध ब्राउनसुगर ६८ ग्राम ५०० मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका २० वर्षीय मुकेश थापा समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले उनीहरूको कोठा तलासी गर्दा लागूपदार्थ फेला पारी पक्राउ गरेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका–१० बाट अवैध लागूऔषध खैरो हेरोइन ५६० मिलिग्रामसहित गौरीगंगा नगरपालिका–८ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

कैलालीको गोदावरी नगरपालिका–२ स्थित स्वस्तिक होटलबाट अवैध लागूऔषध चरेश ७ किलो ५०० ग्रामसहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ बस्ने २८ वर्षीय बमबहादुर धामी, ४२ वर्षीय जनक जाग्री, बझाङको सुर्मा गाउँपालिका–३ बस्ने २५ वर्षीय अमृत बोहरा र दार्चुलाको महाकाली नगरपालिका–२ बस्ने ५० वर्षीय रूपसिंह सितोली रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरी टोलीले होटल तलासी गर्दा लागूपदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ श्रीजना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन ४९० मिलिग्रामसहित वीरेन्द्रनगर बस्ने २५ वर्षीय सनत विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर ५० ग्राम ९७० मिलिग्रामसहित गुलरिया नगरपालिका–११ लालपुर बस्ने २६ वर्षीय प्रवेश चमार समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज समेतबाट खटिएको प्रहरी टोलीले मैनापोखर बजारबाट बाँसगढीतर्फ जाँदै गरेको बा प्र ०२–०२७ प ०७४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका–१५ दुई नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन ११० मिलिग्रामसहित विराटनगर महानगरपालिका–१७ बस्ने २४ वर्षीय मोहमद अकबरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

सिराहाको गोलबजार नगरपालिका–६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित गोलबजार नगरपालिका–६ गोलबजार बस्ने २४ वर्षीय आशिष कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले प्रदेश २–०१–००२ प ६२३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ४७ ग्राम ६२० मिलिग्रामसहित जलेश्वर नगरपालिका–६ बस्ने २६ वर्षीय बिक्की कुमार मिश्र समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले प्र २–०२–००५ प ३१५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ५६ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्पाको रामपुर नगरपालिका–८ बस्ने २२ वर्षीय मनिष ठकुरी र कास्कीको रूपा गाउँपालिका–५ बस्ने २५ वर्षीय रन्जित नेपाली रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाण्डुतर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०१९१ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर ३५ ग्राम ९ मिलिग्रामसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–३१ बेगनास नहरचोक बस्ने ३० वर्षीय मिलन क्षेत्री, पोखरा महानगरपालिका–३० शिसुवा बस्ने पोखरा महानगरपालिका–२७ रिठ्ठेपानी घर भएका २३ वर्षीय हसन भण्डारी, पोखरा महानगरपालिका–२६ जलधारे बस्ने ४३ वर्षीय बिक्की परियार र पोखरा महानगरपालिका–२७ शिसुवा बस्ने मादी गाउँपालिका–३ घर भएका ३७ वर्षीय उदिप गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

पर्वतको जलजला गाउँपालिका–३ पानीट्याङकीस्थित सडकबाट अवैध लागूऔषध गाँजा ११ किलो ७५० ग्राम र चरेश २६० ग्रामसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ बस्ने ४२ वर्षीय देव बहादुर पुर्जा र ४२ वर्षीय युवराज गर्बजा रहेका छन् । प्रहरी चौकी वारिवेनीबाट खटिएको प्रहरी टोलीले म्याग्दीबाट पोखरातर्फ जाँदै गरेको ग३च ५१४९ नम्बरको पिकअप जाँच गर्ने क्रममा लागूऔषध फेला पारी चालक देव बहादुर र सहचालक युवराजलाई पक्राउ गरेको छ ।

लागूपदार्थ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।