चितवन राईनोजमाथि पोखरा एभेन्जर्सको जीत

चितवन राईनोजमाथि पोखरा एभेन्जर्सको जीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा  पोखरा एभेन्जर्सले चितवन राईनोजमामथि शानदार जीत निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राईनोजमाथि ८ विकेटले जीत हासिल गरेको हो ।

चितवनले टस जितेर पहिलो ब्याटिङ गरी ६ विकेट गुमाउँदै १२१ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको पोखराले २ बल बाँकी छँदै १९.४ ओभरको खेलमा २ विकेट गुमाएर १२१ रनको लक्ष्य पूरा गरेको हो ।

शनिबारकोे खेलमा पोखराको जीतको लागि एडम वासिंटनले सर्वाधिक ६५ रन बनाए भने उनले ४८ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । अर्जुन ४३ रनमा अविजित रहे भने कप्तान कुशल भुर्तेल ४ रनमा आउट भए । जेशन रोय ६ रनमा अविजित रहे । बलिङमा चितवनका सैफ जैइव र रिजन ढकालले १–१ विकेट लिए ।

चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए भने अल्पेश रामजानी ३३, डेविड मलान ५, अर्जुन साउद १, रवि बोपारा १, सैफ जैइव १७, कप्तान कुशल मल्ल २३ रनमा आउट भए । कमलसिंह ऐरी २ रनमा अविजित रहे । बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक ३ विकेट लिए । विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले १–१ विकेट लिए ।

चितवन राईनोजको कप्तानमा कुशल मल्ल रहेका छन् भने पोखरा एभेन्जर्सको कप्तानमा कुशल भुर्तेल रहेका छन् ।

चितवन राईनोज र पोखरा एभेन्जर्स दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ मध्ये २ खेलमा जीत र ४ खेलमा हारसहित चितवन तालिकाको छैठौं र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।

पोखरा र चितवनसहित कर्णाली र जनकपुर पनि प्लेअफ समीकरणबाट बाहिरिएका टोली हुन् ।