स्रोत नखुलेको ७ लाख नगदसहित १ जना पक्राउ

स्रोत नखुलेको ७ लाख नगदसहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिराहा – बरियारपट्टी गाउँपालिका–२ बाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँसहित बरियारपट्टी गाउँपालिका–३ बस्ने ४६ वर्षीय दिनेश महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ ए डब्लु ८३७७ नम्बरको स्कुटरमा सवार उनलाई नगदसहित पक्राउ गरेको हो ।

बरामद नगद सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।