अवैध लागूऔषधसहित ७ जना पक्राउ

अवैध लागूऔषधसहित ७ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करीब १ किलो ३५० ग्रामसहित भारतीय नागरिक २२ वर्षीय विशाल कुमार बुधबार राति पक्राउ परेका छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाण्डु आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उनको लगेजबाट लागूऔषध फेला पारी पक्राउ गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

मोरङको विराटनगर महानगरपालिका–४ बाट अवैध लागूऔषध खैरो हेरोइन १३१ ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरीको हरिनगर गाउँपालिका–७ बस्ने ५२ वर्षीय हबिब खाँ र सोही गाउँपालिका–४ बस्ने ३० वर्षीय इरसाद आलम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ । प्रहरीले उनीहरूले प्रयोग गरेको को२७प ६४८१ र बीआर १९ वाई ९०५३ नम्बरको मोटरसाइकलमा समेत बरामद गरेको छ ।

कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम ८१० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका–१ लम्की चोक बस्ने २० वर्षीय सेराज सल्मानीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

सिराहाको मिर्चैया नगरपालिका–७ छगरियाबाट अवैध लागूऔषध गाँजा करीब ३ किलो ५०० ग्रामसहित उदयपुरको ताप्ली गाउँपालिका–२ लेखगाउँ बस्ने ४८ वर्षीय प्रेम बहादुर राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट फुलबरियाबाट खटिएको प्रहरीले बा४२प ४७७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई गाँजासहित पक्राउ गरेको छ । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन करीब १६० मिलिग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्साको वीरगंज महानगरपालिका–३१ बस्ने २३ वर्षीय निरज चौधरी र २१ वर्षीय शिव पासवान रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले म.प्र ०३–०३१ प ६९९० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।