जबजरजस्तीकरणी गरेको अभियोगमा २ जना पक्राउ

जबजरजस्तीकरणी गरेको अभियोगमा २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जबजरजस्तीकरणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।

दैलेखमा २२ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा दुल्लु नगरपालिका–७ खेतगाउँ बस्ने ६५ वर्षीय ईन्द्र देब गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

गिरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

झापामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका–८ डुडामारी बस्ने ५२ वर्षीय सन्तवीर लिम्बु सम्वाहाम्फेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सन्तवीरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिल्झिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।