हाडनाताकरणी मुद्दाका फरार प्रतिवादी पक्राउ

हाडनाताकरणी मुद्दाका फरार प्रतिवादी पक्राउ


स्याङ्जा – हाडनाताकरणी मुद्दाका फरार प्रतिवादी फेदीखोला गाउँपालिका–२ बस्ने ५० वर्षीया सावित्री खड्का भन्ने सावित्री सापकोटालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत स्याङ्जाको २०५७ वैशाख २१ गतेको फैसलाले मुद्दामा ३ महिना कैद सजाय ठहर भई फरार रहेकी उनलाई  जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले फेदी गाउँपालिका–२ फेदीखोलाबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ ।