काठमाण्डु – देशका छुट्टाछुट्टै स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।
सिराहाको धनगढीमाई नगरपालिका–८ कसहाबाट अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम ५०० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दाङ घर भएका २९ वर्षीय देवराज वली र सिन्धुली कमलामाई नगरपालिका–६ रातामाटा घर भएका ३४ वर्षीय सुशिल अधिकारी रहेका छन् । अस्थायी प्रहरी पोष्ट कसहा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले ज.१ ह ३९३० नम्बरको अटोलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक देवराज र अटोमा सवार सुशिललाई पक्राउ गरेको छ ।
उदयपुरको बेलका नगरपालिका–९ रामपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर करीब १०० मिलिग्रामसहित त्रियुगा नगरपालिका–७ खारखोला बस्ने २२ वर्षीय रेमन मग्रातीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले विराटनगरबाट कटारीतर्फ जाँदै गरेको प्र.१–०२–००२ ख ००६७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक रेमनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम २८ एम्पुल, प्रोमेथाजाइन २८ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुल सहित कास्की पोखरा महानगरपालिका–१४ चाउथे बस्ने ३५ वर्षीय खगेन्द्र बहादुर मिदुनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले सुनौलीबाट पोखरातर्फ जाँदै गरेको ना५ख १७६५ नम्बरको बसमा सवार उनलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया