जबरजस्तीकरणी गरेको अभियोगमा १ जना पक्राउ

जबरजस्तीकरणी गरेको अभियोगमा १ जना पक्राउ


मोरङ – जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले मोरङमा १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका–१ कोलबोटे बस्ने ५० वर्षीय गणित भन्ने गणेश राईलाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।

गणेश र सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यलाय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूमध्ये गणेशलाई पक्राउ गरेको छ ।

प्रहरीले हाल फरार रोमनको खोजी गर्नुका साथै घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।