काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डुको टोखा नगरपालिका–६ बस्ने लमजुङको मध्यनेपाल नगरपालिका–१ घर भएका ३९ वर्षीय सुनिल थापालाई प्रहरीले पक्राउ गरेको छ ।
थापाले यूएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाण्डु महानगरपालिका–९ बाट आईतबार पक्राउ गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।




प्रतिक्रिया