काठमाण्डु – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाण्डु महानगरपालिका–१० बस्ने झापा घर भएका ४६ वर्षीय नविन रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाण्डुबाट मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाण्डु महानगरपालिका–१० बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार काठमाण्डु पठाइएको छ ।




प्रतिक्रिया