टिकट काउन्टरमा लागूपदार्थ सेवन गरी यात्रीलाई सास्ती दिने ७ कर्मचारी पक्राउ

टिकट काउन्टरमा लागूपदार्थ सेवन गरी यात्रीलाई सास्ती दिने ७ कर्मचारी पक्राउ


काठमाण्डु – राजधानीको काठमाण्डु महानगरपालिका–१४ बल्खु क्षेत्रमा सञ्चालित सुमो र ईभी भ्यानका टिकट काउन्टरमा कार्यरत कर्मचारीहरूले लागूपदार्थ सेवन गरी यात्रीहरूलाई अभद्र व्यवहार गर्ने गरेको पाइएको छ ।

सार्वजनिक स्थलमा यात्रु र पैदल यात्रीलाई दु:ख हैरानी दिएको जनगुनासो बढेपछि प्रहरीले विशेष अपरेसन चलाएको हो ।

प्राविधिक टोलीद्वारा कार्यस्थलमै परीक्षण नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्राविधिक ल्याब टेक्निसियन, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र प्रहरी वृत्त कालीमाटीको संयुक्त टोलीले बल्खु पुगेर कर्मचारीहरूको स्वास्थ्य परीक्षण गरेको थियो । परीक्षणका क्रममा लागूपदार्थ सेवन गरेको पुष्टि भएपछि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा रौतहट घर भई बल्खु बस्ने २० वर्षीय बसन्त कुमार यादव, चितवनका २७ वर्षीय साजन गुरुङ, तनहुँ बन्दीपुरका २३ वर्षीय पारस गुरुङ र सोही ठाउँका ३३ वर्षीय अनुप गुरुङ रहेका छन् । झापाको दमकका ३८ वर्षीय बिक्की श्रेष्ठ, काठमाण्डु बल्खुका ४२ वर्षीय अर्जुन भण्डारी र धादिङ घर भई थानकोट बस्ने २४ वर्षीय अस्मिन लामिछानेलाई पनि प्रहरीले हिरासतमा लिएको छ ।

५ दिनको म्याद थप गरी अनुसन्धान पक्राउ परेका सातै जनाविरुद्ध ’लागू पदार्थ सेवन कसूर’मा काठमाण्डु जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइएको छ । उनीहरूमाथि प्रहरी वृत्त कालीमाटीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।