जुवातास खेल्दाखेल्दै ५ जना पक्राउ

जुवातास खेल्दाखेल्दै ५ जना पक्राउ


बाँके– नेपालगञ्ज उपमहानगरपालिका–१३ महापुर्वा बस्ने ३७ वर्षीय सन्तोषकुमार गोडियाको टहरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सन्तोष समेत ५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख १० हजार ७४५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।