काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले विभिन्न स्थानबाट १६ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डु महानगरपालिका–९ तिलगंगास्थित सडकबाट अवैध लागूऔषध गाँजा ४ किलोग्रामसहित काठमाण्डु महानगरपालिका–८ विजयचोक डेरा गरी बस्ने चितवन घर भएका ३६ वर्षीय लालबहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उनलाई गाँजासहित पक्राउ गरेको छ । थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ४ किलोग्राम गाँजा फेला पारी प्रहरीले बरामद गरेको छ ।
काठमाण्डुको चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधाराबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २५० ट्याब्लेट र नगद २ लाख ६२ हजार ६५० रूपैयाँसहित सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर घर भएकी ५६ वर्षीया संचमाया तामाङलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको छ ।
बाराको विश्रामपुर गाउँपालिका–३ मुसहर्वा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ९७० मिलिग्रामसहित पर्साको वीरगञ्ज महानगरपालिका–१६ नागवा बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना६प ५००८ नम्बरको मोटरसाइकलमा सवार उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ बाट अवैध लागूऔषध अफिम ७०० ग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पुर्वी चम्पारण रक्शोल पनटोका पञ्चायत–१३ बस्ने ५० वर्षीय संजय कुश्वाहा र मकवानपुरको राक्सिराङ गाउँपालिका–२ बस्ने ४८ वर्षीय कान्छा राम मुक्तान छन् ।
जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका–९ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर करीब ५ ग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने ३६ वर्षीय टोप बहादुर क्षेत्रीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन ९१० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका–२ बगनिया बस्ने २० वर्षीय सरोज तिरूवालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
झापाको भद्रपुर नगरपालिका–८ सगरमाथा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्राम ५८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय कृष्ण राजवंशी समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ । प्रहरीले मे१०प ३८७१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० दर्सिखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ४० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलौरी नगरपालिका–८ कलकत्ता बस्ने २१ वर्षीय रियान्स राना र १९ वर्षीय प्रकाश राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरी टोलीले भे४प ४९५४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
बाँकेको खजुरा गाउँपालिका–२ रिमझिम चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ४१० मिलिग्रामसहित २ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका–२ डेरा गरी बस्ने २४ वर्षीय सिमन विक र ३८ वर्षीय दलसिंह थापा रहेका छन् । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले सिमनको कोठा तलासी गर्दा लागूपदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया