पैदलयात्रीमाथि हातपात गर्ने जीप चालक पक्राउ, ७ दिन म्याद थप

पैदलयात्रीमाथि हातपात गर्ने जीप चालक पक्राउ, ७ दिन म्याद थप

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुको नारायणगोपाल चोकस्थित सडकखण्डमा पैदलयात्रीमाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा १ जीप चालक पक्राउ परेका छन् ।

घटनाको भिडियो विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

बा३च ११०३ नम्बरको निजी जीपका चालक बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षीय पारस बम रहेको प्रहरीले जनाएको छ । उनी आफैं काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा उपस्थित भएका थिए ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले काठमाण्डु जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएको छ । हाल उनीमाथि सार्वजनिक स्थलमा अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सार्वजनिक स्थानमा हुने यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाइने बताउँदै कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाइने स्पष्ट पारेको छ ।