त्रिभुवन विमानस्थलबाट १४ किलो ५७० ग्राम गाँजासहित ४ भारतीय पक्राउ

त्रिभुवन विमानस्थलबाट १४ किलो ५७० ग्राम गाँजासहित ४ भारतीय पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विभिन्न अन्तर्राष्ट्रिय उडानबाट काठमाण्डु आएका ४ जना भारतीय नागरिकलाई प्रतिबन्धित लागूऔषध गाँजासहित पक्राउ गरेको छ ।

कार्यालयका अनुसार शुक्रबार बिहान करीब ६:३० बजे एयर इन्डियाको उडानमार्फत दिल्लीबाट काठमाण्डु आएका २४ वर्षीय भारतीय नागरिक मोहम्मद जुनैदलाई शंकास्पद गतिविधिका आधारमा नियन्त्रणमा लिइएको थियो ।

जाँचका क्रममा उनको साथबाट प्लास्टिकसहित करीब ३ किलो ८७० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

करीब ८:५८ बजे एयर अरेबियाको उडानबाट सारजहाबाट काठमाण्डु आएकी ४४ वर्षीया अफसाना अमिर हुसेन शेखको साथबाट प्लास्टिकसहित करीब ७ किलो ४०० ग्राम र ४३ वर्षीया समीना अख्तर बेग मिर्जाको संलग्नता पुष्टि भएको सुरक्षा कार्यालयले जनाएको छ । दुवैलाई आगमन भन्सार क्षेत्रपछिको टनेल गेटबाट नियन्त्रणमा लिइएको थियो ।

दिउँसो करीब १:१५ बजे मलेसियन एयरको उडानमार्फत थाइल्याण्ड हुँदै मलेसियाबाट काठमाण्डु आएका २९ वर्षीय शाहजेब अहमदलाई पनि शंकास्पद गतिविधिका आधारमा पक्राउ गरिएको छ । उनको साथबाट प्लास्टिकसहित करीब ३ किलो ३०० ग्राम गाँजा बरामद गरिएको छ ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरोसँग समन्वय गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा करीब १४ किलो ५७० ग्राम रहेको छ ।