चोरीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

चोरीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले काठमाण्डु महानगरपालिका–५ कालोपुल डेरा गरी बस्ने व्यक्तिको कोठाबाट विभिन्न धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–२ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगंगा नगरपालिका–२ घर भएका २६ वर्षीय निरज सापकोटा रहेका छन् ।

गत चैत ६ गते पीडितको कोठाबाट अन्दाजी २६ तोला ८ आना बराबरको सुनका गरगहना, ३३ हजार मूल्य बराबरको चाँदीका गरगहना लगायतका सामानहरू चोरी भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरी टोलीले संलग्न व्यक्तिहरूलाई चोरीका विभिन्न सामानहरूसहित पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट सुनका विभिन्न गरगहनाहरू, चाँदीका विभिन्न गरगहनाहरू, खुकुरी १ थान, फलामको रड २ थान, तरबार १ थान, नगद २ लाख ४९ हजार रूपैयाँ र चोरी गर्दा प्रयोग गरिएको स्कुटर १ थान समेत बरामद गरेको छ ।

चोरी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।