आइसल्याण्ड पठाइदिन्छु भन्दै साढे ३५ लाख ठगी गर्ने १ जना पक्राउ

आइसल्याण्ड पठाइदिन्छु भन्दै साढे ३५ लाख ठगी गर्ने १ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाण्डु महानगरपालिका–७ बस्ने इलामको इलाम नगरपालिका–१ घर भएका २८ वर्षीय मनोज दाहाललाई प्रहरीले पक्राउ गरेको छ । 

मनोजले आइसल्याण्ड पठाइदिन्छु भनी १ जना पीडितबाट ३५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाण्डु महानगरपालिका–२६ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।