अभौतिक मुद्राको कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

अभौतिक मुद्राको कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाण्डु महानगरपालिका–२६ ठमेल बस्ने चिनियाँ नागरिक ३५ वर्षीय झु यी फेङलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न सामाजिक सञ्जालबाट नेपाली नागरिकहरूसँग कुराकानी गरी विभिन्न किसिमका प्रलोभन देखाई विश्वासमा पारी नेपाली नागरिकहरूका बैंक खाताहरू समेत प्रयोग गरी ठगी गर्ने गरेको र ठगी गरेको रकमलाई अभौतिक मुद्रामा साटी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डुबाट खटिएको प्रहरी टोलीले संलग्न उनलाई काठमाण्डु महानगरपालिका–२६ ठमेलबाट पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले १७ करोड ७९ लाख ७० हजार ३७१ रूपैयाँ २३ पैसा बराबरको अभौतिक मुद्राको कारोबार गरेको खुल्न आएको छ ।

उनीउपर जिल्ला अदालत काठमाण्डुबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।