काठमाण्डु – देशका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डुको तारकेश्व र नगरपालिका–१० मनमैजु डेरा गरी बस्ने धादिङ घर भएका ३५ वर्षीय प्रेम तामाङको कोठा जुवातास खेलिरहेको अवस्थामा प्रेम समेत १० जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४ लाख ४ हजार रूपैयाँ, ७ बुक तास र १७ थान कौडासहित पक्राउ गरेको छ ।
ललितपुरको ललितपुर महानगरपालिका–१५ चापागाउँस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर ईमाडोल बस्ने भोजपुर घर भएका ४५ वर्षीय कृष्ण बराईली समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ४९ हजार ३०० रूपैयाँ र १५ बुक ताससहित पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया