काठमाण्डु – सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरे पक्राउ परेका छन् ।
सहकारीले बचतकर्तालाई ४ वर्षदेखि पैसा फिर्ता नगरेको भनी बागमती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो ।
सहकारी ठगी अभियोगमा सोधपुछ गरी थप कारबाही प्रक्रिया अघि बढाउन पक्राउ गरिएको वृत्तका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष रोक्काले जानकारी दिए ।




प्रतिक्रिया