धनकुटा – डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुलीको दुधौली नगरपालिका–६ बस्ने ३० वर्षीय धन बहादुर भन्ने दान बहादुर तामाङ, दुधौली नगरपालिका–१२ बस्ने ३३ वर्षीय सन्तोष भन्ने प्रेमलाल घिसिङ र दुधौली नगरपालिका–१० बस्ने ३८ वर्षीय राजु तामाङ रहेका छन् ।
धनकुटा नगरपालिका–७ मदन चोकस्थित एकान्त बाटोमा २ वटा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले गत शुक्रबार पीडित महिलालाई धाक धम्की दिई १ तोला २ आना बराबरको सुनको सिक्री डाँका चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई सुनसरी धरान उपमहानगरपालिका–८ वरगाछीस्थित एक होटलबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने धातुको विभिन्न गरगहना, मोबाइल ६ थान, प्र ३–०२–०१३ प ८००१ नम्बर र बा८२प ९५६४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया