अमिलियाको होटलबाट सुनसहित २ जना पक्राउ

अमिलियाको होटलबाट सुनसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – जिल्लाको लमही नगरपालिका–९ अमिलियास्थित नमस्ते होटलबाट सुन २१४ ग्राम ५०० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–७ सुनपतरी नाका बस्ने ४० वर्षीय रूपलाल गिरी र रूकुम पश्चिसम बाँफिकोट गाउँपालिका–६ मग्मा बस्ने २२ वर्षीय दिलिप परियार रहेका छन् ।

इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले होटलको कोठा तलासी गर्दा धातुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।