चितवन – जिल्लाको रत्ननगर नगरपालिका–१६ भद्रकालीस्थित बङ्गुर फर्ममा जुवा (कौडा) खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रत्ननगर नगरपालिका–१६ बस्ने ६० वर्षीय हरी थापा मगर समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३ लाख ३३ हजार ५०० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया