काठमाण्डु – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने धादिङको नीलकण्ठ नगरपालिका–८ रामकोटका बाबुराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाण्डुको २०८१ फागुन ४ गतेको फैसलाले मुद्दामा बिगोबापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाण्डु महानगरपालिका २७ महाबौद्धबाट पक्राउ गरेको छ ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाण्डुमा पेश गरिएको छ ।




प्रतिक्रिया