गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ

गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीले गैरकानुनी रूपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले काठमाण्डु महानगरपालिका–१५ डल्लु र सितापाइला क्षेत्रमा गैरकानूनी रूपमा बसोबास गर्दैआएका बंगलादेशी नागरिकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रवेश गरेका स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिई गैरकानूनी रुपमा नेपाल बस्दै आएका उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले उनीहरूलाई डल्लु, सीतापाइला लगायतका क्षेत्रमा कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भट्टराईले बताए । पक्राउ परेका उनीहरूलाई आवश्यक कानूनी कारबाहीका लागि बुधबार अध्यागमन विभाग कालिकास्थान पठाइएको छ ।