नर्स मृत्यु प्रकरणः कान्ति अस्पतालका डाक्टर पक्राउ


काठमाण्डु- नर्सले आत्महत्या गरेको घटनामा कान्ति बाल अस्पतालका डाक्टर डा. सुजन ढकाल पक्राउ परेका छन् ।

वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठको मृत्युबारे अनुसन्धानका क्रममा प्रहरीले कान्ति बाल अस्पतालका डाक्टर डा. सुजन ढकाललाई पक्राउ गरेको हो ।

अनुमाको शव आइतबार डा. ढकालको बालाजुस्थित कोठामा भेटिएको थियो । त्यसपछि मृतकका आफन्तले सुजन र उनका बुबाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए ।

ढकाललाई आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement