त्रिभुवन विमानस्थलबाट चरेससहित जर्मन नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट चरेससहित जर्मन नागरिक पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- त्रिभुवन विमानस्थलबाट करिब ७ किलो चरेससहित एक जर्मन नागरिक पक्राउ परेका छन् । सोमबार बिहान टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्स्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले बोकेको सुट्केसबाट ६ किलो ८६० ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पउलले बाहिर ठूलो सुट्केसभित्र अरु दुईवटा सुट्केस हालेको र कपडासँगै कालो कार्बनले बेरेर चरेस लुकाएर लैजान लागका थिए । चरेस चेकजाँचका क्रममा प्रहरीले बरामद गरेको हो । जर्मन नागरिकलाई लागुऔषध ब्युरोको जिम्मा लगाइएको छ ।