डडेल्धुराको आलितालबाट यौन दुर्व्यवहार आरोपमा एक युवक पक्राउ

डडेल्धुराको आलितालबाट यौन दुर्व्यवहार आरोपमा एक युवक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- डडेल्धुरामा यौन दुर्व्यवहार आरोपमा एक युवक पक्राउ परेका छन् । आलितालबाट बाल यौन दुर्व्ययहार गरेको आरोपमा विक्रमबहादुर विष्ट पक्राउ परेका हुन् ।

आलिताल गाँउपालिका वडा नम्बर ६ रन्तोलाका २६ वर्षिय विष्टलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो । उनी विवाहित पुरुष हुन् । उनले १५ वर्षीया बालिकालाई यौन दुव्र्यवाहर गरेको आरोप छ ।

उनले बुधबार अपरान्न बालिकालाई यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा निवेदन परेको थियो । घटनामाथि थप अनुसन्धान जारी रहेको डडेल्धुरा प्रहरीले बताएको छ ।