ललिता निवास प्रकरणमा समर्जङ कम्पनीका प्रमुखसहित थप २ जना पक्राउ

ललिता निवास प्रकरणमा समर्जङ कम्पनीका प्रमुखसहित थप २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ललिता निवास जग्गा प्रकरणमा थप २ जना पक्राउ परेका छन् । आज प्रहरीले समर्जङ कम्पनीको प्रमुख लोकहरी घिमिरे पूर्व नापी अधिकृत ध्रुब अर्याल लाई पक्राउ गरेको हो। यो ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ। यसअघि गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकैपटक पक्राउ परेका थिए।

गुरुङसहित धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरू अहिले पनि हिरासतमै छन्। त्यस्तै उक्त प्रकरणमा काठमाण्डु महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो। त्यसपछि समर्जङ कम्पनीका तत्कालिन प्रमुख रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले गत सोमबार पक्राउ गरेको थियो।