सुन प्रकरणमा पक्राउ परेका ६ जनालाई १० दिन हिरासतमा राख्न अनुमति

सुन प्रकरणमा पक्राउ परेका ६ जनालाई १० दिन हिरासतमा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एक क्वीन्टल सुन तस्करीमा पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले १० दिनको समय दिएको छ । उच्च अदालत पाटनले उनीहरूलाई बिहीबार पहिलोपटक अनुसन्धानका लागि १० दिन हिरासत राख्ने अनुमति दिएको हो।

उक्त प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरिसकेको छ। उनीहरु राजस्व अनुसन्धान विभागको हिरासतमा छन् । रेडी ट्रेडलिंक बुढानीलकण्ठका नाममा हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । सुनलाई मुचुल्का उठाएर ढुकुटीमा राखिएको छ ।