क्विन्टल सुन प्रकरण : विमानस्थलका भन्सार अधिकृतसहित ६ जना पक्राउ

क्विन्टल सुन प्रकरण : विमानस्थलका भन्सार अधिकृतसहित ६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ३ कर्मचारी र थप ३ एजेन्टलाई पक्राउ परेका छन् ।

स्रोतका अनुसार व आइतबार भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पक्राउ परेका हुन्। त्यस्तै भन्सार एजेन्टहरु झापा गौरादहकी रुक्मिला सुब्बा, चितवन मेघौलीका सुदर्शन गौतम र सिन्धुपाल्चोक बलेफीका यादव पराजुली पक्राउ परेका छन् ।

भन्सार विभागले उनीहरूको लापर्बाहीका कारण सुन जाँच पास भएको भन्दै उनीहरूलाई शनिबार निलम्बन गरेको थियो। योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।