त्रिभुवन विमानस्थलमा फेरि भेटियो अवैध सुन, भारतीय नागरिक पक्राउ

त्रिभुवन विमानस्थलमा फेरि भेटियो अवैध सुन, भारतीय नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पुनः अवैध सुन बरामद गरेको छ। बिहीबार अवैध रुपमा भन्सार छलि लैजान लागेको ५८ ग्राम सुनसहित प्रहरीले भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई पक्राउ गरेको हो ।

हिमालय एयरलाइन्सको उडानद्वारा दोहा कतारबाट काठमाण्डु आएका सिराजलाई आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा सुनसहित पक्राउ गरेको जनाइएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।