त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित बैतडीका दिपक भण्डारी पक्राउ

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित बैतडीका दिपक भण्डारी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पुनः अवैध सुन बरामद गरेको छ। सोमबार करिब ८१ ग्राम तौलको सुनजस्तो देखिने धातुको ब्रासलेट १ थानसहित बैतडी पाटन नगरपालिका-६ घर भएका ३४ वर्षीय दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको हाे ।

कतार एयरवेयजको उडानद्वारा काठमाण्डु आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त धातुको ब्रासलेट अवैध रूपमा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको जनाइएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।