क्यानडा पठाइदिन्छु भन्दै रकम ठगि गर्ने महिला पक्राउ

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगि गर्ने महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-६ घर भई हाल काठमाण्डुको बुढानीलकण्ठ बस्‍ने २७ वर्षीया फूलमाया जिरेल रहेकी छन्। उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिनभवनबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपरा अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। उनले पीडितबाट पटक-पटक गरी ३ लाख ७४ हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।