प्रमाणपत्र कीर्ते प्रकरण: ५ डाक्टर पक्राउ, सुनिल शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली !


काठमाण्डु- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हालसम्म सांसद डा सुनिल शर्मासहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला डाक्टर समेत रहेकी छन् ।पक्राउ पर्नेमा शर्मासहित डा रामबाबु यादव, डा. एरिना यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन् ।

अमृत चौधरी त्रिवि शिक्षण अस्पतालका डाक्टर हुन् भने सुनिल बाहेकका अन्य पनि विभिन्न अस्पतालमा कार्यरत थिए । शर्मा मेडिकल व्यवसायी हुन्।सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले यस प्रकरणमा पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताए । सबैले प्रमाणपत्र कीर्ते गरेर डाक्टर बनेको उजुरी परेपछि छानबिनमा दोषी देखिएको बताइएको छ ।

प्रहरीले सांसद सुनिल शर्माको आईएस्सी उतीणर्को शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आशंकामा पक्राउ गरेको पुष्टि गरेकाे छ। मोरङ-३ का प्रतिनिधिसभा सदस्य शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार उनको काठमाडौंको गोल्फुटारस्थित घरबाट पक्राउ गरेको हाे। सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार नक्कली डाक्टर खोजी गर्ने प्रहरीको अपरेसन चार्ली फोक्टर अन्तर्गत सुनिल शर्मा पक्राउ परेका हुन्।

सीआईबीले शर्मा पक्राउ परेकोबारे संघीय संसद सचिवालयलाई लेखेको पत्रमा उनको आईएस्सीको प्रमाणपत्रलाई राष्ट्रिय परीक्षा बोर्डले पुष्टि नभएको उल्लेख गरेको बताएको छ । सीआईबीका अनुसार शर्माले एमबीबीएस अध्ययनका लागि पेश गरेको आईएस्सीको प्रमाणपत्र नक्कली हो ।

उनले भारतको कलेजबाट ल्याएको प्रमाणपत्र नक्कली भएको प्रहरीको दाबी छ । यो प्रकरणमा प्रहरीले सुनिल शर्मासँगै डा. रञ्जितकुमार यादव र डा. अमित चौधरी पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement