फेसबुक ह्याक गरी ठगी गर्ने पाँच पक्राउ

फेसबुक ह्याक गरी ठगी गर्ने पाँच पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सामाजिक सञ्जाल फेसबुकमा साथी भएकाको आइडी ह्याक गरी रकम ठगी गर्ने पाँच जना लाई प्रहरीले पक्राउ गरेको छ।

साथीहरूलाई मेसेन्जरबाट म्यासेज गरी ईसेवा, खल्ती जस्ता वालेटबाट पैसा हाल्न लगाइ ठगी गर्नेलाई काठमाडौं महानगरपालिकाको बसपार्कस्थित रेसुङ्गा बुटवल गेष्ट हाउसबाट विशेष प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीले ३० वटा फेसबुक ह्याक, १२ वटा जीमेल, विभिन्न बहानामा ओटिपि कोड प्रयोग गरी १४ लाख ५८ हजार रुपियाँको कारोबार देखिएको जनाएको छ। पीडित २२ जनाले प्रहरीमा निवेदन दिएका थिए।

पक्राउ पर्नेमा स्थायी घर बारा जितपुरका सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ, रोहन तामाङ र कास्की महानगरपालिकाका सुब्बु भन्ने शुभेच्छा गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ।