बलात्कार आराे‍पमा एक जना पक्राउ

बलात्कार आराे‍पमा एक जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दमक नगरपालिका-५ यलम्बर चोक डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका-३ घर भएका ४३ वर्षीय मोहन बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई ललाई फकाई गत साउन १८ गते दिउँसो दमक नगरपालिका-८ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।