विद्युत्‌का फोरम्यान २५ हजार घुससहित पक्राउ

विद्युत्‌का फोरम्यान २५ हजार घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनसरी जिल्लाको नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले महतोलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘टोलीले निज विर्जुकुमार महतोलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा रकमसहित जिल्ला सुनसरी, ईनरुवा नगरपालिका वडा नं. ३ अन्तर्गतबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।’