विराटनगर – सशस्त्र प्रहरीले मोरङबाट स्रोत नखुलेको ९ लाखभन्दा बढी रुपैयाँसहित १ युवकलाई पक्राउ गरेको छ ।
आज शुक्रबार दिउँसो विराटनगर–१४ बाट २६ वर्षीय कृष्ण चौधरीलाई स्रोत नखुलेको ९ लाख १७ हजार ७५५ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक तीर्थ थापाले विराटनगर–१४ बर्मा टोलका बासिन्दा चौधरीलाई मन्ठा पोखरी नजिकबाट पक्राउ गरिएको जानकारी दिए ।
भारतर्फबाट प्रदेश १–०२०४९ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका चौधरीलाई रकमसहित पक्राउ गरिएको छ ।
सशस्त्र प्रहरीले पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि रकमसहित सुनसरीस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाएको छ ।




प्रतिक्रिया