काठमाण्डु – चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुग जिल्लाको मुगुम कर्मारोंग गाँउपालिका -९ स्थायी घर भई हाल काठमाण्डु बौद्ध बस्ने ६२ वर्षीय नागीं तामाङ रहेका छन् ।
तामाङलाई गैंडा मारी खाग बिक्री व्यवसायमा संलग्न रहेको आरोपमा निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्गदल गणबाट निकुञ्ज प्रशासनसहित खटिएको टोलीले बुधवार पक्राउ गरेको हो । उनलाई पक्राउ गरि आज चितवन राष्ट्रिय निकुञ्ज कार्यालय बुझाइएको छ ।




प्रतिक्रिया