अवैध लागूऔषध चरेशसहित १ जना पक्राउ

अवैध लागूऔषध चरेशसहित १ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित उमेश माछा पसलका सञचालक धनुषा कमला नगरपालिका–८ बस्ने २६ वर्षीय उमेश शाहलाई अवैध लागूऔषध चरेश करीब २१३ ग्रामसहित सोमवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

माछा पसलमा लागूऔषध बिक्री बितरण भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई चरेशसहित पक्राउ गरेको हो ।

प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।