काठमाण्डु – सिमकार्ड डुप्लिकेसन गरी रकम ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ घर भई काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवालीलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गरी मोबाइल बैंकिङ एक्टिभ गराई पीडितको बैंक खाताबाट विभिन्न बैंक खाता तथा वालेटहरूमा पटक–पटक गरी ६ लाख २ हजार ५४८ रूपैयाँ ट्रान्सफर गरी सिम डुप्लिकेसनमार्फत ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डुमा पठाइएको छ ।




प्रतिक्रिया